‘गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा नगरोस्’
काँग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा गर्न नहुने बताएका छन् । स्थानीय तह आफैमा स्वशासन, सुशासन र लोकतान्त्रिक सोपानको प्रथम खुड्किलो र संस्थागत स्थानीय विकास निर्माणको ऊर्जा केन्द्र भएको उनको भनाइ छ । चुनावलाई टार्न खोजेर संविधानको रक्षा नहुने पनि उनको भनाइ छ ।
‘स्थानीय तह आफैमा स्वशासन,सुशासन र लोकतान्त्रिक सोपानको प्रथम खुड्किलो र संस्थागत स्थानिय विकास निर्माणको ऊर्जा केन्द्र हो’, उनले ट्वीटरमा भनेका छन्, ‘विधिको शासन र संविधानको रक्षार्थ निर्मित यो गठबन्धन सरकारले स्थानीय निर्वाचन लाई नाफा र नोक्सानको लेखा जोखा गर्ने र पन्छाउने कामले संविधानको रक्षा हुँदैन।’