चीनबाट २० लाख वटा सिरिन्ज नेपाल आइपुग्यो

जनपत्र
९ माघ २०७८, आईतवार ०६:२६

कोरोना भाइरसविरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज शनिबार नेपाल आइपुगेको हो। चिनियाँ प्रतिनिधीले नेपाली प्रतिनिधीलाई उक्त सिरिन्ज हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने जानकारी दिए। उनले अबको एक सातामा थप ५० लाख भन्दा बढी सिरिन्ज आइपुग्ने पनि जानकारी दिए।

नेपालमा कोभिडविरुद्धको खोप ७० लाखभन्दा बढी स्टकमा रहेको समयमा सिरिन्ज भने २० लाख हाराहारीमा मात्र छ। आज आएको र अबको एक सातामा थप सिरिन्ज आइपुग्ने भएकाले खोप अभियान प्रभावित नहुने पनि उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*