परम्परागत् कृर्षि प्रणालीबाट माथी उठेर काम गर्न सुझाब
हेटौंडा । मकवानपुरको महनहरीमा आज पिछडाबर्ग किशान संगठन मनहरीको आयोजनाको कृर्षक भेला भएको छ । भेलाको उध्घाटन् गर्दै प्रमुख अतिथी राष्ट्रिय समावेसी आयोगका सदस्य बिष्णु ओझाले किशानहरु परम्परागत् खेति प्रणली भन्दा पनि आधुनिक तरिकाले खेति गर्नका लागि सुझाब दिनुभयो ।
योजना बनाएर किशानहरु पशुपालन र खेति गर्दा आधुनिक तरिकाले गर्नका लागि उहाँले आग्रह गर्नुभयो । सरकारले यस क्षेत्रमा लगानी गरेकोले समस्या पहिचान गरेर किशानहरु अगाडी बढ्नुपर्ने बताउनुभयो । किशानहरु पहिलेको खेति गर्ने तरिका र पशुपालन गर्ने तरिकामा परिबर्तन गर्नुपर्ने सुझाब दिनुभयो । किशानहरुको समस्या के हो त्यस आधारमा काम गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा मनहरी गाउँपाकिलाका अध्यक्ष एकराज उप्रेतीले किशानहरुले पहिले गर्दै आएको परमपरागत खेति गर्ने तरिकाबाट माथी उठ्नुपर्ने बताउनुभयो ।