हेटौंडामा मास्क कालोबजारी गर्नेहरु धमाधम पक्राउ
हेटौंडा । हेटौंडामा मास्कको कालोबजारीहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रशासनले अनुगमनलाई पनि बढाएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले बुधबार हेटौंडाबाट एक जना फार्मेसी सन्चालिकालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंम्बर– १ स्थितमा रहेको सम्पुर्ण फार्मेसीका सन्चालिका हेटौंडा उपमहानगरपालिका वडा नं–९ बस्ने ३२ वर्षीया सजिता पोख्रेललाई पक्राउ गरेको हो ।
पोख्रेलले तोकिएको भन्दा बढी मुल्य लिएर मास्क बिक्री गरिहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले मंगलबार हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई नियन्त्रणमा लिएको थियो ।
अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ ।






