आजदेखि सर्वाेच्च अदालतका सेवा कटौती, १८ गतेसम्म ५ किसिमका मात्रै मुद्दा हेरिने

जनपत्र
५ माघ २०७८, बुधबार ०७:४२

न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले आज ९बुधबार० देखि​ १४ दिनसम्मका लागि विभिन्न सेवा कटौती गरेको छ। अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश, मुख्य रजिस्ट्रारसहित अदालतमा कार्यरत ३१ जनामा कोरोना पुष्टि भएको हो।

यसैकारण आज माघ ५ देखि १८ गतेसम्मलाई विभिन्न सेवा कटौती गरिएको सर्वोच्च अदालतले जनाएको छ। त्यस अवधिसम्म ५ किसिमका मात्रै मुद्दा हेरिनेछ। प्रवक्ता दाहालका अनुसार बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित मुद्दाको नियमित सुनुवाइ हुनेछ।

त्यस्तै मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामरकारबाही पनि नियमित रूपमा सञ्चालन हुनेछन्। सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७९६० र १५५ बमोजिमका थुनुवाहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ जारी राख्ने भएको छ। त्यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ नरोकिने पनि दाहालले बताए। उनका अनुसार हेर्दा हेर्दै र नि।सु।मा रहेका मुद्दाको पनि निरन्तर सुनुवाइ हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*