मकवानपुरमा थपीदै संक्रमित, एकै दिन १७६ जनामा कोरोना पुष्टि

मकवानपुरमा कोभिड–१९ संक्रमित दुईजनाको ज्यान गएको छ ।
जनपत्र
३ माघ २०७८, सोमबार १९:२६

हेटौंडा । मकवानपुर जिल्लामा दिनहुँ कोरोना संक्रमणका बिरामी बढ्न थालेका छन् । एकै दिन १ सय ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोना संक्रमित मध्यमा सबैजसो होम आइसोलेसनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा मकवानपुरमा कोभिड–१९ संक्रमित दुईजनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रममित मध्य स्वासप्रस्वासमा समस्या भएका बिरामीहरु मात्र हेटौंडा अस्पतालमा भर्ना भएका छन् । हेटौंडा अस्पतालमा पनि बिरामीको चाप निकै बढेको छ । २४ घण्टामा ५ सय ४६ जनाको कोरोना परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको हो।

कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ५४६ जनाको कोरोना जाँच गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको हो।आज थपिएका १७६ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६०९५ पुगेको छ।त्यसैगरी पछिल्लो २४ घण्टामा ४ व्यक्ती संक्रमण मुक्त भएका छन।

FB_IMG_1642409367283-1642409820.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*