रियल मड्रिडलाई सुपर कपको उपाधि, बिल्बाओ २–० गोल अन्तरले पराजित

जनपत्र
३ माघ २०७८, सोमबार १०:२६

unn.prixa.net

काठमाण्डाै – रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा एट्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक-एक गोल गरे  ।

खेलको ८७औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*