जसपा फुटाउने सुरमा बाबुराम भट्टराई
जनता समाजवादी पार्टी ९जसपा० मा किचलो बढ्न थालेको छ । पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कार्यकारीणी समतिका अध्यक्षकाबीच विभिन्न कुराहरुमा विवाद बढ्दै गइरहेको हो ।
जसपा विभाजन भएको छ महिना बित्दैछ । त्यतिबेला पार्टीका अर्का नेता महन्थ ठाकुरले यादवसंग संगै बस्न नसकिने भन्दै अर्को पार्टी खोलेका थिए ।
तर विभाजनको छ महिना पनि नबित्दै जसपामा दुई धार देखिएको छ । भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेसंगै थप विवाद बढ्न थालेको हो ।
यता बाबुराम भट्टराई पनि कार्यकारीणी अध्यक्ष बन्ने होडमा छन् । तर उपेन्द्र यादव अर्को अध्यक्ष पार्तेमा देख्न चाहन्नन् । सो कारणले पनि जसपामा विवाद अझै बढ्ने पक्का देखिएको छ ।
कार्यकारीणी अधिकार सबै उपेन्द्र पक्षले पाएपछि भट्टराई पक्षका नेताहरु खासै सन्तुष्ट पनि छैनन् ।
बाबुरामले जसपामा उपेन्द्र यादवले जति अधिकार नपाए उनी संगै बस्न नसकिने तर्क गरेको कतिपय नेताहरुले बताउंदै आएका छन् ।





