प्रचण्डको बोली फेरियो, भने ‘ ओलीजीले नै ५ वर्ष सरकार चलाउनुहुन्छ’

प्रधानमन्त्री ओली भारत जादै गर्दा प्रचण्डले अन्तर्वाता दिदैँ ओलीले साढे २ वर्षपछि सहमती बिर्सनुहुन्न भन्ने विस्वास छ भन्ने अभिव्यक्ती थिए। प्रचण्डको अभिव्यक्तीले राजनीतिक माहोल तातिएको थियो। प्रम ओलीले पनि प्रचण्डको अभिव्यक्तीलाई जवाफ दिदै आफुले सहमती नबिर्सिएको बताएका थिए। यता माधव नेपालले भने ५ वर्ष ओली सरकार दाया बाया हुन्न भन्ने अभिव्यक्ती दिएका थिए। त्यस्तै नेकपाका अर्का नेता वामदेव गौतमले सहमतीबाट पछि हटे पार्टी एकता भंग हुने अभिव्यक्ती दिएका थिए। यसरी एकपछि अर्को नेताको प्रचण्ड ओली सहमतीको बारेमा अभिव्यक्ती आएपछि भुषालले मुख खोलेका हुन्।उनले लेखेका छन्,
दुबै अध्यक्षको हस्ताक्षर रहेको जुन सहमति पत्र बाहिर आएको छ, त्यसलाई पार्टीले चिन्दैन। किनभने, दुई जनाबीच सहमति भएको थियो, सहमतिमा के के थियो भन्ने कुरा पार्टीलाई औपचारिक रुपमा जानकारी छैन। यो विषय पार्टीभित्र मुद्दाको रुपमा उठेको पनि छैन।
यदि सो सहमति पत्रलाई पार्टीको एजेण्डा बनाउने हो भने यसलाई पार्टीमा औपचारिक रुपमा प्रवेश गराउनु पर्छ। अहिलेसम्म पार्टीको कुनै कमिटीमा नआएको यति गम्भीर विषय केन्द्रीय सचिवालयले मात्रै टुङ्गो लगाउन सक्ने अवस्था छैन।
किनभने, विगतमा विभिन्न चरणमा केन्द्रीय सचिवालयले आफ्नो नालायकीपन पर्याप्त मात्रामा प्रदर्शन गरिसकेको छ। सार्वजनिक भइसकेको यो सहमति पत्र स्थायी कमिटी वा केन्द्रीय कमिटीमा औपचारिक रुपमा ल्याएर छलफल गरि आवस्यक निर्णय लिनुपर्छ।
यदि त्यस्तो सम्झौता भएको हो भने त्यसको प्रमाणिकता, बैधता र आवश्यकताको बारेमा पार्टीमा औपचारिक रुपले छलफल गर्नुपर्छ। अब यसलाई दुई चार जना नेताहरु बसेर खासखुस गरेर लुकाउने वा छिपाउने गर्न पाइँदैन।
पुष्पकमल दहाल प्रचण्डले आफ्नो बोली फेरि फेरेका छन्। दुई दिन अघि ओलीजीले गोप्य सहमती बिर्सनुहुन्न भन्दै अभिव्यक्ती दिएका उनी अहिले ५ वर्ष ओलीले नै सरकार चलाउनुहुन्छ भन्न थालेका छन्। गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको उनको गूनाशो छ। उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउने बताएका हुन्। उनले भने, ‘हामी निरन्तर संवादमा छौं। पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ।सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं। मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु।’ सुनसरी पुगेर प्रचण्डले भने-केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ भन्दै काठमाण्डु प्रेसले लेखेको छ।