थप ४ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको ज्यान गयो

जनपत्र
१ माघ २०७८, शनिबार १९:१९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ५६ जनाको परीक्षण गरिएकोमा ४ हजार ६ सय ३६ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ३ सय ५० जना निको भएका छन् । थप ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ । नेपालमा २१ हजार ५ सय ८४ जना कोरोना भइरसका सक्रिय सङक्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

योसहित नेपालमा अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउनेको सख्या २ करोड ७९ लाख ११ हजार १ सय ८८ जना पुगेको छ ।  जसमध्ये १ करोड ५८ लाख १४ हजार ३ सय ८३ जनाले कोरोनाको पहिलो मात्रा र १ करोड २० लाख ९६ हजार ८ सय ५ जनाले दुवै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*