मकवानपुरमा थप २५ जनामा कोरोना पुष्टि, मनहरीका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना भएपछी ओपिडी सेवा बन्द

जनपत्र
३० पुष २०७८, शुक्रबार १७:३३

हेटौंडा । मकवानपुरमा आज थप २५ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ जनामा पिसिआर र ६४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ९ जना र १६ जना गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी थाहानगरपालिकाका ४ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भए संगै जोखिम न्युनिकरणको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने भएको छ ।

गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्दै जोखिमलाई मध्यनजर गर्दै पुस २९ गतेबाट एक हप्ताको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने जनाएका छन् । सूचनामा अस्पतालको कोभिड १९ विरुद्धको खोप,आकस्मिक सेवा र प्रसुती सेवा बाहेकका अन्य सबै सेवा बन्द रहने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*