धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

जनपत्र
३० पुष २०७८, शुक्रबार १५:१७

धनकुटा – कोसी राजमार्गको धनकुटा सिधुवा सडक खण्ड अन्तर्गत गुराँसे नजिक आज टिपर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएकाे छ ।

बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ३–००१ क ०५४९ नम्बरको टिपर दुर्घटना हुदाँ चालक प्युठान माण्डवी गाउँपालिका–१ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले उनीहरुको घटनास्थलमा नै ज्यान गएकाे बताउनुभयाे ।

उनीहरुकाे शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ ।  दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*