चट्याङ लागेर गढीको देउरालीमा घलानको मृत्यु, एक जना घाइते

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०५:४१

हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ बुङदल देउरालीमा शनिवार राती हावा हुरी, पानी संगै परेको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ बर्षकी बिमला घलानको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर स्थानीय कान्छीमायाँ स्याङतान घाईते भएकी छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा क्षेती पुगेको छ । यसैगरी यसअघि पनि बुङदल देउराली डाँडामै फूलमायाँ पाख्रीनको मृत्यु भएको थियो । एक महिनाको बिचमानै यस क्षेत्रमा चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि गढी गाउँपालिकाले थोरै रकममा खर्च गरेर अर्थीङ जडान भने गरेको छैन ।

सामान्य हावाहुरी र बतास चलेर पानी आउँदा समेत मात्र पनि मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ सोलीथुम र चुहार क्षेत्रमा बर्षेनी चट्याङ लागेर मृत्यु हुने गरेको थियो । त्यसपछी गढी गाउँपालिकाको सहयोगमा त्यस क्षेत्रमा अर्थिङ गरेपछी चट्याङ पर्न छोडेको छ । अहिले त्यहाँको समस्या देउरालीमा सरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*