हेटौंडाको हटियाका बिपन्न परिवारका लागि चामल र ब्लाङकेट

जनपत्र
३० पुष २०७८, शुक्रबार १२:१२

हेटौंडा । हेटौंडाको हटियाका बिपन्न परिवारका लागि चामल र ब्लाङकेट हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका र रुँगटा वेलफेयर सोसाइटी आर्दश नगर विरगन्जको सहयोगमा चामल र ब्लाङकेट हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हटियाका ५१ विपन्न परिवारलाई हस्तान्तरण गर्नुभयो ।

खान लाउनको समस्या भोग्दै आएका परिवारलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि गर्ने मेयर महतले वताउनुभयो । बिपन्न परिवारका लागि हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले विशेष सहयोग गर्नु भएको थियो । खान लाउन र जाडोमा न्यानो कपडा लाउनका लागि समस्या भोग्दै आएका परिवारहरु यो सहयोगबाट खुसी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*