हेटौंडा–१६ मा ३२ लाख लागतमा ४ सय मिटर स्लाब ढलान

जनपत्र
३० पुष २०७८, शुक्रबार १२:१०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ प्रगतीटोलमा स्लाब ढलानको आज शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढलानको शिलान्यास गर्नुभयो ।

हेटौंडाको बजार र आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने सडक पेटी बनाएर फूल रोप्ने र गाउँमा पक्की सडक निर्माण गर्ने आफ्नो अभियाननै रहेको मेयर महतले बताउनुभयो ।

कुल ३२ लाख रुपैयाँ लागतमा ४ सय मिटर लम्बाइ र ६ मिटर चौडाई सडक निर्माण गर्न सुरु गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*