हेटौंडा–१८ का बिपन्न सार्की परिवारलाई घर हस्तान्तरण

जनपत्र
३० पुष २०७८, शुक्रबार १२:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ भुलभुलेका अत्यन्त विपन्न लक्ष्मण सार्कीलाई दुइ कोठाको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सार्कीलाई नयाँ घरमा प्रवेश गराउनुभयो । वषौं देखि अत्यन्तै बिपन्न र हातमुख जोर्नका लागि सधैको समस्या भोग्दै आउनु भएका सार्कीलाई घर हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो ।

सरकार भनेको पहुँचवाला र धनीमानीलाई भन्दा पनि अत्यन्त विपन्न परिवारलाई सहयोग गर्नुपर्छ भन्ने आफ्नो अभियान रहेको वताउनुभयो । धनसम्पती भएका र पहुँच भएकाहरुले सधै सरकारबाट फाइदा मात्र लिने गरेको र बिपन्न परिवारका लागि स्थानीय सरकार उद्धार बन्दै आएको मेयर महतले बताउनुभयो ।

हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँको पहलमा स्थानीयहरु र उपमहानगरपालिकाको सहयोगमा दुइ वटा कोठा निर्माण गरेर सार्कीलाई हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*