मकवानपुरमा थपिए ७१ जनामा कोरोना संक्रमित
हेटौंडा / मकवानपुरमा पछिल्लो २४ घण्टनमा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २९ को नमूना परीक्षण गरिएको थियो । ८० ले पीसीआर विधिबाट परीक्षण गर्दा ५४ जना र ४९ ले एन्टीजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा ५१ जना, भिमफेदी गाउँपालिकामा ९ जना, मनहरी गाउँपालिकामा ७ जना, थाहा नगरपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या २ सय ७९ जना पुगेको छ । जसमा ३ जना अस्पतालमा र बाँकी २ सय ७६ जना घरमै उपचाररत छन् ।
गत २४ घण्टामा ३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या १५ हजार ३३९ पुगेको छ । मकवानपुरमा हालसम्म पीसीआर र एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिँदा १५ हजार ८५५ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म ५६ हजार ६४५ जनाको कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको पनि मृत्यु भएको छैन । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ६८ पुगेको छ ।हालसम्म दुबै मात्रमा कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ९३ हजार ३५० रहेको छ ।