चार महिनामै दिइने बुस्टर डोजले रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्छ : युरोपेली स्वास्थ्य निकाय

जनपत्र
२९ पुष २०७८, बिहीबार ०९:५२

unn.prixa.net

कोरोना भाइरसविरुद्धको खोप चार महिनामै बुस्टर डोजका रुपमा दिँदा रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्ने युरोपेली स्वास्थ्य निकायले जनाएको छ ।

छोटो समयको अन्तरमा धेरै बुस्टर डोज दिँदा मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली सङ्घ अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको हो ।

युरोपेली मेडिकल नियामक निकायले लामो समयको अन्तर पारेर मात्रै बुस्टर डोज दिन सम्बन्धित देशलाई अनुरोध गरेको समाचार संस्था एफपीमा उल्लेख गरिएकाे छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशले बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायत र इजरायलले दोस्रो पटक बुस्टर डोज दिने तयारी गरेका छन् ।

अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोज दिनेबारेमा छलफल सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*