पछाडी पारिएको क्षेत्रमा एक्सनमा काम गर्दै छौ–आयोगका सदस्य ओझा

जनपत्र
१८ जेष्ठ २०७६, शनिबार १६:१९

हेटौंडा । राष्ट्रिय समावेसी आयोगका सदस्य बिष्णुमायाँ ओझाले आफूले ६ बर्षको कार्यकालका लागि कार्ययोजना बनाएर काम गर्न सुरु गरिसकेको बताउनुभएको छ । आज हेटौंडामा पत्रकार समेलन गर्दै उहाँले ६ बर्षको अबधिमा जती समय बसेपनि काम गरेर देखाउने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मलाई एक्सनमा गएर काम गर्ने मन छ । मेरा आयोगका अध्यक्षलेनै भन्नुहुन्छ स्थानीय तहमा गएर एक्सनमा काम गर्नुपर्ने मान्छे अहिले आयोगमा आउनुभयो । यहाँ व्यबस्थित ढंगले काम गर्दा केही ढिलो हुन्छ ।’

राज्यका धेरै खालका आयोग हुँदा सरकारलाई भार परेको बताउँदै उहाँले भन्नुभयो–समावेसी आयोगले सबै क्षेत्रको काम हेर्ने भएकाले राम्रा नै छ । तर, आयोगहरु धेरै हुँदा राज्यलाई बढी भार परेकोमा चिन्ता लागेको छ ।’ आयोगमा बसेर कामको गति अली बढी लिन लागिएको बताउँदै उहाँले भन्नुभयो–राज्यको अङ्गको रुपमा त्यहाँ बसेर अली धेरै काम गरेर देखाउने पक्षमा म रहेको छु ।’ समावेसी आयोगले गर्नुपर्ने क्षेत्र निकै फराकिलो रहेको छ । आयोगले चेपाङ, दलित, जनजाती, सिमान्तकृत, बृद्धबृद्धा, मजदुर लगायतकाको क्षेत्रमा काम गरिने योजानका साथ अगाडी बढेका छौ ।’

आयोगमा अहिले कर्मचारी अभाबका कारण समस्या बेहोर्नुपरेको गुनासो गर्दै उहाँले कर्मचारी पर्याप्त भएपछी काम गर्न सहज हुने र देशैभरीका जिल्लामा गएर काम गरिने बताउनुभयो । लोपन्मुख वनकरीया जाती लगायतलाई बडी ध्यान दिएर काम गर्न आफु तयार रहेको आयोगका सदस्य ओझाले बताउनुभयो । अहिलेको अवस्थामा पनि नबनेको देश कहिले पनि नबन्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नगरेको काम अबको समयमा कसैले पनि गर्न नसक्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*