मनहरीको सिमपानीबाट २० केजी चरेशसहित तीन जना पक्राउ
हेटौंडा । मकवानपुरमा लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका–८ सिमपानीबाट २० किलो ५ सय ग्राम लागूऔषध चरेस र १० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधवार दिनको ३ बजेको समयमा चितवनबाट हेटौंडा आउँदै गरेको पिकअप गाडीलाई प्रहरीले रोकेर चेकजाँच गर्नेक्रममा चरेश र गाँजा फेला पारेको हो । मकवानपुर प्रहरीलाई प्राप्त प्राप्त बिशेष सुचनाको आधारको आधारमा उक्त गाडी चेकजाँच गर्दा लागुऔषध चरेस,गाँजाको धुलो र पिकअप गाडी सहित ३ जना व्यक्ती प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले लागूऔषधसहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बस्ने वर्ष ३३ को सन्त बहादुर थिङ, सोही ठाउँका वर्ष २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका वडा नंम्बर–११ भण्डरा बस्ने वर्ष २८ को राम बहादुर तामाङलाई पक्राउ गरेको हो । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको बिशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिकाको सिमपानी स्थित पूर्व पश्चिम सडक खण्डमा पिकअप गाडीलाई चेकजाच गर्दा गाँजा र चरेश फेला पारिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।