ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको सामाजिक परीक्षण

जनपत्र
२८ पुष २०७८, बुधबार ११:४८

हेटौंडा । ग्रामीण महिला सेवा केन्द्र हेटौंडाले आर्थिक वर्ष २०७७–०७८ को सामाजिक परीक्षण गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा तथा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

कार्यक्रममा मेयर महतले ग्रामीण महिला सेवा केन्द्रले ग्रामीण भेगका दिदीबहिनीहरुलाई सहयोग गर्ने कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले संस्थाको पारदर्शिताका लागि सामाजिक परीक्षण महत्वपूर्ण हुने बताउनुहुँदै ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम प्रभावकारी पाइएको बताउनुभयो ।

ग्रामिण महिला सेवा केन्द्र मकवानपुरले गरेको काम मध्यमा किशोरकिशोरी, युवा तथा अभिभावकहरुलाई प्रजनन् स्वास्थ्य अधिकारको सम्बन्धमा सचेत भई यौन तथा प्रजनन् स्वास्थ्य सेवामा सहज पहुंचका लागी वकालत तथा पैरवी गर्न थालेका छन । युवा महिलाहरु लैङ्गीक हिंसाका विरुद्ध छलफल चलाउन सक्षम भएका छन् । १३४५ जना बालबालिका, किशोर किशोरी तथा युवा महिलाहरु परीवर्तनका संवाहक कक्षाबाट तथा ३८२० जना अन्य दिवसिय कार्यक्रमहरुबाट लाभान्वित भएका छन् । योजना निर्माण प्रक्रियामा यूवा सहभागिता सम्बन्धमा स्थानिय सरकार सकारात्मक र प्रतिवद्ध भएको छ ।

स्थानिय सरकारबाट स्रोत परिचालनका लागी प्रतिवद्धता प्राप्त भएको छ । परिवर्तनका संवाहक कक्षाका सहभागीहरु तथा यूवा सञ्जालका सहभागिहरु बाल विवाह विरुद्ध छलफल चलाउन तथा बाल विवाह रोक्न सहजिकरण गर्न सक्ने भएका छन । किशोरी तथा यूवा महिला महिनावरी स्वच्छताका लागी व्यक्तिगत सरसफाई ज्ञान तथा सिपको विकास भई आफुले, आफ्नो परिवारको सदस्यहरुले पालना गर्ने तथा र्दौतरीहरुलाई समेत बताउन थालेका छन । युवाहरु, विशेषतः युवा महिलाहरुमा प्रजनन् स्वास्थ्य अधिकार प्रतिको धारणमा सकारात्मक परीवर्तन आई आफ्ना दौंतरी, परीवार र समुदायमा समेत प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धि धारणा परीवर्तनमा सघाउ पुर्याई रहेका छन् ।

विभिन्न दिवसिय कार्यक्रमहरु (सडक नाटक, अतिरिक्त त्रियाकलाप, अभिमूखिकरण कार्यक्रम आदि) मार्फत समुदायका मानिसहरु बालबिबाहको नकारात्मक असरको बारेमा सुसुचित भएकाछन् । युवा पत्रकारिता सम्वन्धी तालिममा सहभागी भई युवा महिलाहरु आफ्ना सवालहरु पहिचान गर्नुका साथै आफ्ना सवाल तथा घटनाहरुलाई स्थानिय सञ्चार माद्यममा रिपोर्टिङ् गर्न सक्षम भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, हेटौंडा १५ की वडा सदस्य कुमारी श्रेष्ठ, हेटौंडा–१९ की वडा सदस्य इन्दिरा तामाङ, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ की वडा सदस्य सरिता सापकोटाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष तथा पूर्व अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

सामाजिक परीक्षणमा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले संस्थागत प्रतिवेदन, कार्यक्रम संयोजक दिपक न्यौपानेले कार्यक्रमगत प्रतिवेदन र प्रशासनिक तथा वित्त अधिकृत शर्मिला मगरले आर्थिक वर्ष २०७७–०७८ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा युवा सञ्जालकी अनुजा गुरुङले आफूले मनहरीको पद हस्तान्तरण कार्यक्रमबाट सिकी मनहरी गाउँपालिकाको बाल संरक्षण नीति २०७८ अनलाइन बाल संरक्षण नीति समावेश गर्न पहल गर्न सकेको बताउनुभयो । बागमती गाउँपालिकाका सरोज विकले आफ्नो व्यक्तित्व विकासमा परिवर्तनका संवाहक सहजीकरण कक्षा तथा ग्रामीणले ठूलो भूमिका खेलेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*