हेटौंडा–१४ को वडा कार्यालय आफ्नै भवनमा, स्वास्थ्यचौकी भवन पनि उद्घाटन्

निशा गुरुङ
२८ पुष २०७८, बुधबार ०९:३६

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका—१४ नम्बर वडा कार्यालयले  आफ्नै भवनबाट सेवा सुरु गरेको छ । ४ वर्षदेखि घरमा भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिदै आएको थियो । मंगलबारदेखि आफ्नै भवनमा वडा कार्यालय सरेको छ ।

नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरेका थिए । उद्घाटनसगै वडा कार्यालय आफ्नै भवनमा सरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको ४५ लाख बजेटमा ४ कोठा भवन भएको स्वास्थ्यचौकी र ६३ लाखमा निर्माण भएको ५ कोठे भवनसहित दुवै भवन एकै ठाउमा छन् । एकै ठाउमा दुवैतर्फको सेवा लिन मिल्ने गरी निर्मँण गरिएको हो ।

स्वास्थ्यचौकीमा हेल्थपोष्टमा हुने विभिन्न किसिमका उपचार गर्भवती सेवा, खोप, भिटामिन, स्वास्थ्योपचार, दादुरा/रुबेला खोपलगायत नेपाल सरकारले वितरण गर्ने सम्पूर्ण सेवाहरु उपलब्ध रहेको स्वास्थ्यकर्मी अंशुु लामाले बताइन् ।

नया भवन उद्घाटन गर्दै मेयर महतले व्यवस्थितढंगले वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण गरिएकोमा वडा अध्यक्षलाई धन्यबाद दिदै वडा विकासका काममा उक्त वडा १ नम्बरमा रहेको बताए ।

उनले दीपक खड्का वडा अध्यक्ष भएपछि वडाले काचुली फेरेको भन्दै स्थानीयलाई खड्काजस्तो वडाध्यक्ष पाउनु भाग्यमानी भएको विचार व्यक्त गरेका थिए । उनले जनप्रतिनिधिहरु निर्वाचनबाट निर्वाचित भएपछि कति करोडको विकास भयो भन्ने मूल्यांकन गर्न स्थानीयसग आग्रह गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष खड्काले वडामा कुनै पनि विवादित काम नभएको बताए । उनले आफू निर्वाचित भएपछि वडामा धेरै विकासका कामहरु भएको भन्दै आगामी दिनमा पनि राम्रो काम गर्ने बताए । वडामा रहेर उत्कृष्ट कार्य गरेर वडाको नाम राख्न योगदान पु¥याएका ज्येष्ठ नागरिक, बक्सिङ, भलिबल र फुटबल खेलाडी, प्रशिक्षक, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कानुन व्यवसायी, चित्रकला, उपभोक्ता समिति, समाजसेवीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वडाबासी २ जनालाई मेसिन दुई थान र ३ मजदुरलाई साबेल/जाली सहयोग गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यकारी प्रमुख शिवराज चौलागाई, वडा सदस्यहरु चमेली सिञ्जालीमगर, चन्द्रबहादुर स्यांतान, कमला दर्नाल र रामबहादुर तामाङलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*