बुटवल-नारायणगढ सडक विस्तारमा दुई वर्ष म्याद थप्न माग

जनपत्र
२८ पुष २०७८, बुधबार ०७:२०

बुटवल–नारायणगढ सडक विस्तारको ठेक्का लिएको चिनियाँ कम्पनीले काम सक्न दुई वर्ष थप समय मागेको छ । कोरोनाको कारण देखाउँदै चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले म्याद थप्न आग्रह गरेको हो । निर्माण पक्षले सडक विस्तारको म्याद थप्न माग गर्दै कन्सल्टेन्टलाई पत्र बुझाएको बुटवल–नारायणगढ सडकखण्डका प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीले बताए । ‘सडक निर्माणको सबै काम कन्सल्टेन्टले हेर्छ ।

निर्माण पक्षले म्याद थप्न माग गरेका कारण कन्सल्टेन्टले नारायणगढ–बुटवल सडक योजनालाई सिफारिस गर्छ । त्यसैका आधारमा हामीले सिफरिस गर्छौं,’ दिष्टीले भने, ‘म्याद थपका लागि सम्झौताअनुसार कन्सल्टेन्टमा कागज पेस भएको छ ।’

कोरोनाकालमा सडक विस्तारको काम रोकिएको भन्दै चिनियाँ ठेकेदार कम्पनीले म्याद थप्न माग गरेको उनले बताए । दुई महिनायता सडक निर्माणको काम धमाधम भइरहेको र म्याद थप गरेरै भए पनि काम सक्नुपर्ने दिष्टीको भनाइ छ ।

०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सक्नुपर्ने गरी सडक विस्तार सुरु भएको हो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने हो । तर पुससम्म यो सडकको कामको प्रगति १० प्रतिशत मात्र सकिएको छ । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*