बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा कोभिड व्यवस्थाप समिति

जनपत्र
२७ पुष २०७८, मंगलवार १८:४३

मकवानपुर — वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको अध्यक्षतामा १९ सदस्यीय कोभिड व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्‍ बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवा अवधि ६ महिना थप गरेको छ । ‘अघिल्लो वर्ष कोभिड महामारी तीव्र बनेका बेला ४७९ जना प्राविधिक कर्मचारी राखिएको छ । हामीले उनीहरूको म्याद थप गर्ने निर्णय गरेका छौं,’ शर्माले उनीहरूको म्याद यही पुस मसान्तसम्म मात्र रहेको र ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको बताए ।

यस्तै मन्त्रिपरिषद्‍ बैठकले सत्तारुढ गठबन्धनबीच समझदारी पत्रलाई मन्त्रिपरिषद्‍कै अंग बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । गठबन्धनबीचको समझदारीपत्रमा सातवटा प्राथमिकता तोकिएको पनि उनले बताए । प्रदेशअन्तर्गत भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको उनले बताए । सो कार्यालय स्थापन गर्न आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘प्रदेश सरकारको सबैभन्दा ठूलो आम्दानीको स्रोत यातायात हो । हामी सेवाग्राहीलाई छिट्टै सेवा विस्तार गर्न यातायात सेवा कार्यालय सबै जिल्लामा क्रमशः स्थापना गर्नेछौं ।’, उलने भने ।

मन्त्रिपरिषद्‍को बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत रोलयल्टी लिँदैआएकोमा ५० प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे हुने व्यवस्था मन्त्रिपरिषद्‍ले गरेको छ । सरकारले कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिए । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*