जुम्लाको च्यारेचौरलाई ‘मेडिकल हब’ बनाइने

जनपत्र
२७ पुष २०७८, मंगलवार ११:३९

जुम्ला – जुम्लाको च्यारेचौरलाई ‘मेडिकल हब’ बनाउने याेजनासहित भाैतिक संरचना निर्माणकाे काम अगाडि बढाइएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे मंसिर २६ गते एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुकाे उद्घाटन गरेपछि जुम्लाकाे च्यारे चाैरलाई मेडिकल हबको रुपमा विस्तार गर्ने तयारी गरिएको हाे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट-६ किलोमिटर टाढा च्यारे चौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जनबन्दा बढी भौतिक संरचना निर्माण गर्ने तयारी गरेको छ ।

उपकुलपति डाक्टर मंगल रावलले प्रतिष्ठानले एमबीबीएस पढाउन सुरु गरेपछि मेडिकल हबको रुपमा चिनाउन २३ वटा भवन निर्माण गर्ने योजना अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालीन योजना अनुसार मेडिकल हबको रुपमा विस्तार गरिनेछ ।

चन्दननाथ नगरपालिका-३ का स्थानीयको सहयोगमा प्रदान गरिएको नि:शुल्क जग्गामा एउटा भवनकाे निर्माणकाे काम सुरु भइसकेको छ । रसुवा कम्पनीले भवन निर्माणकाे कामकाे सुरुवात गरेको हाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*