‘आफ्नो लेखनले कसरी अरुको जीवनमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने सोचिरहन्छु’

जनपत्र
२७ पुष २०७८, मंगलवार ०८:४१

चितवन मूल घर भएकी लीना दुवाडी केहि समययता अमेरिकामा रहेर पत्रकारिता गर्नुहुन्छ । भरतपुरको सिनर्जी एफ एम बाट मीडिया यात्रा शुरू गर्नुभएकी उहाँले रेडियोमा ८ बर्षे लामो कार्यकाल पछि भारतमा गएर टेलिभिजन र डिजिटल पत्रकारिता गर्नुभयो । ५ बर्ष भन्दा बढ़ी समय भारतमा बिताएर ऊहाँ अमेरिका पुग्नुभयो । अमेरिकामा रहेर अहिले ऊहाँ कम्युनिटी जर्नलिज्म गर्नुहुन्छ । टेक्सासबाट सञ्चालन हुने ५ अलग अलग म्यागज़ीनमा उहाँको आर्टिकल हरेक महीना प्रकाशित हुन्छ । लीना दुवाडी को प्रेरणादायी करियरसंग सम्बंधित रहेर गरिएको कुराकानीः

समाजमा धेरै खालका पेसा, व्यावसाय गर्नेहरु छन् । तपाइले पत्रकारितानै किन रोझ्नुभयो ?

पत्रकारिता नै भन्ने थाहा नभएपनि मलाई सानै देखि मीडियामा नै काम गर्छु भन्ने थियो । पहिलो जागीर नै रेडियो बन्न पुगेपछि ममा आत्मविश्वास बढ्यो । हाईस्कूल सकेर शुरू गरेको करियरले गति पाउदै गएपछि अब यही नै गर्ने हो भन्ने निश्चयमा पुगेँ । माध्यम जुनसुकै भएपनि मीडिया नै मेरो लागि एकमात्र विकल्प बन्यो । श्रोता, दर्शक, पाठकहरुसँग सीधा कनेक्शन हुने भएकोले होला, मीडिया या पत्रकारितामा वर्क सेटिस्फेक्शन बढ़ी हुन्छ जस्तो लाग्छ । आफ्नो लागि काम या करियर भनेको मास (जनसमुदाय) लाई सीधा प्रभावित गर्ने खालको हुनुपर्छ भन्ने लाग्यो । यतैतिर आफ्नो झुकाव बढ़ी भएकोले होला, यही करियर रोज्नपुगेँ ।

तपाइले तीन वटा देशमा पत्रकारिता गर्नुभयो । तीन वटा देशको पत्रकारितामा के–के फरक पाउनुभयो ?

काम गर्ने शैली, तरीका र कामप्रतिको दृष्टिकोणमा एकदमै ठूलो भिन्नता पाएं । अमेरिकामा काम गर्ने वातावरण धेरै राम्रो लाग्यो किनकी यहा हरेक काम र पोजीशन सम्मानित छ । अंग्रेजी दोस्रो भाषा भएकाले मलाई अंग्रेजी लेखन बलियो र प्रभावशाली बनाउन धेरै सिक्नुपर्ने छ, शुरू शुरुमा अंडरकन्फिडेंट पनि थिएँ, तर यहां धेरै सपोर्ट र सहयोग पाएको छु । त्यसैले आफ्नो काम र सिकाईलाई एंजोय गरिरहेको छू । एडिटोरियल टीमभित्र सीनियर र जूनियरबिचको भेद यहां छैन । मेरो काममा पहिलो दिन मेरो एडिटरले मप्रति देखाएको सम्मानले निकै प्रभावित भएको थिएँ । यहाँ व्यक्तिगत एफर्ट भन्दापनि समग्र टीमले कसरी बेस्ट दिन सक्छ भन्ने तर्फ बढ़ी जोड़ दिइन्छ । तपाईं एउटा टीमको लागि कत्तिको महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरा हरेक दिन बोध गराइन्छ, यसले गर्दा काम गर्ने मोटीभेसन बढ्छ ।

भारत र अमेरीकामा तपाइले गरेको पत्रकारितामा अब नेपाली पत्रकारितामा के सुधार गर्नुपर्ला ?

मैले नेपाल छोडेको २०१२ मा हो, अहिले धेरै कुरा परिवर्तन भइसकेको छ । समय अनुसार धेरै राम्रा पक्षहरु पनि छन भने सुधार गर्नुपर्ने कुरा पनि छन । अहिले अनलाइन जर्नलिज्म हेर्दा लाग्छ, हाम्रो देशमा पत्रकारिता फील्डमा प्रोफेशनल एथिक्सलाई अझ सीरियसली लिनुपर्ने खाँचो छ । समाचार, स्टोरीहरु क्लिकबेट बिज़नेस बनेका छन । मेन्टल, इमोशनल हेल्थ जस्ता विषयवस्तुलाई अझ प्राथमिकतामा राखिनु पर्छ । एथिक्सको कुरा गर्दा टीमभित्र एकले अर्कालाई गर्ने व्यवहार, फिडब्याक दिने तरीका जस्ता कैयौं कुराहरुमा सुधार गर्नुपर्ने लाग्छ ।

तपाइले गरेको पत्रकारिताबाट सुधार भएका र सकारात्मक पक्षहरु के–के छन् ?

यो फील्ड नै सकारात्मकता र सुधारको फ़िल्ड हो । आफ्नो प्यासनलाइ नै करियरको रूपमा रोजेकोले होला, मैले पर्सनल र प्रोफेशनल लाइफलाई कहिल्यै फरक गरिन । आफ्नो लेखनले कसरी अरुको जीवनमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने तर्फ फोकस रहेकोले आफ्नो काममा मात्र होइन, व्यक्तिगत ब्लग, सोशल मीडियामा पनि केहि न केहि दिइरहने प्रयास गरिरहेको हुन्छु । हरेक आर्टिकल, स्टोरी प्रकाशित भयपछि पाठकहरुबाट आउने रेस्पोंसले आफ्नो कामको सकारात्मक पाटो बोलिरहेको छ जस्तो लाग्छ ।

केहि महीना पहिले टेक्सासको एकजना मह व्यापारीको स्टोरी लेखेको थिएँ । स्टोरी पब्लिश भएको एक महीनापछि उनले ईमेल गरेर त्यो रिपोर्टिंगले उनको व्यापारमा भएको वृद्धिबारे बताउँदा ख़ुशी लागेको थियो । त्यसको एक हफ्तापछि उनले फेरी ईमेल गरेर मेरो ठेगाना मागे अनि एक किलो मह पनि पठाए । त्यस्तै क्यान्सरसंग जुधिरहेकी एक किशोरीको स्टोरी छापिएपछि उसले गरेको फण्ड रेजिंगमा मदद पुगेको थियो ।

यी सामान्य घटना हुन तर यसले अझ अगाडी बढ्दै जाने प्रेरणा दिन्छन । गतवर्ष मेरो आर्टिकल पढेर एकजना किशोरीले जीवनमा फेरी सामान्य रूपमा फर्किन चाहेको र एक दुइ महिनाको परामर्शसँगै डिप्रेशन जस्तो महामारीबाट पाएको मुक्तिलाई म अहिले सम्मकै सबैभन्दा उल्लेखनीय उपलब्धिका रूपमा लिन्छु ।

नेपालमा अधिकांश पत्रकारहरु स्थानीय स्तरमा मात्र केन्द्रीत रहेर पत्रकारिता गरिरहेका छन् । अरु फरक जिल्ला, फरक देशमा गएर फेरी पत्रकारिता गर्नका लागि तपाइलाई भएका चुनौतीहरु के–के हुन् ?

कहाँ कुन ठाउँमा रहेर काम गर्ने भन्ने आफ्नो च्वाइस हो । तर मेरो बुझाईमा फरक ठाउँ, फरक समुदायमा गएर गरिएको अनुभवको दायरा निकै फराकिलो हुन्छ । हामी काम र करियरको साथ साथै हरेक दिन आफ्नो व्यक्तित्वलाई पनि इम्प्रूव गरिरहेका छौं । मेरो यो यात्रामा चुनौतीहरु त निकै आए, अहिले पनि चुनौतीहरु छन, यो जीवनको एउटा पाटो हो ।

मेरो लागि ठूलो चुनौती भनेको भाषा थियो, र अहिले पनि छ । भारतमा मैले ३ बर्ष टीभीमा काम गर्दा हिंदीमा समाचार लेख्नु र पढ्नु परयो, नेपालमा नेपाली भाषामा काम गरेर गएको मलाई हिंदी टाइपिंगदेखि लिएर व्याकरण सिक्न र सुधार गर्न केहि समय लाग्यो । त्यसपछि अंग्रेजीमा लेख्न थालें, अँग्रेज़ीमा प्रोफेशनल राइटिंग सिक्न केहि समय लाग्यो । सजिलो थिएन तर सिक्छु भन्ने आंट थियो ।

अलि अलि अंग्रेजी जानेपछि यहां आएं । नेपाल र भारतको अंग्रेजीभन्दा यहां एकदमै फरक पाएं । अंग्रेजी भनेको भाषा भन्दापनि लाइफस्टाइल हो भन्ने बुझें । मेरो लेवलको अँग्रेज़ीले यहां काम पाउन मुश्किल थियो । धेरै ठाउँमा रिजेक्ट पनि भएँ, तर हिम्मत हारिन । यात्रा भर्खर शुरू भएको छ, धेरै सिक्न बांकी छ ।

 तपाइले भारतमा रहेको चर्चित अनलाइनमा सम्पादकको जिम्मेवारीमा समेत रहेर काम गर्नुभयो ? त्यसपछी फेरी अमेरीकामा गएर पत्रकारिता गर्छु भनेर लाग्नुभयोनी ?

यो देश, यो ठाउँ भन्दापनि कहाँ धेरै सिक्न र अगाडि बढ़न सकिन्छ भन्ने कुरा हो, सफलता भन्ने शब्दलाई हामी सबैले आ आफ्नो हिसाबले परिभाषित गरेका छौं, मेरो लागि यो ठाउँमा मैले गर्ने प्रगति नै सफलताको एउटा माध्यम हो ।

कति बर्ष अमेरीकामा रहेर पत्रकारिता गर्नुहुन्छ ?

जीवन अप्रत्याशित छ, जीवनको टाइमलाइन तोक्न सकिन्न्र यात्रा भर्खर शुरू भएको छ, धेरै सिक्न बांकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*