हेटौंडामा घरबाटै लागूऔषध बरामद, ६ जना पक्राउ

जनपत्र
२६ पुष २०७८, सोमबार १८:०७

हेटौंडा / लागुऔषधसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–९, मास्टरचोकस्थित एक घरमा डेरा गरी बस्ने २५ वर्षीय विशाल बिकको कोठामा सुरक्षाजाँच गर्दा ९७ ट्याब्लेट निट्रजिपाम, १४८ क्यापसुल नेमाडोल, १६ ट्याब्लेट स्टागान, १२ ट्याब्लेट सिओना टु, १६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसरी जिल्ला घर भई हाल हेटौंडा–९, मास्टरचोक बस्ने २५ वर्षीय विशाल बिकसहित हेटौंडा–९ का २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापामगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौंडा–१० का १८ वर्षीय सुमित कुमार बानियाँलार्ई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*