तरकारी र फलफूलमा बिषादी परिक्षणले उपभोक्ता खुसी

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र चितवन मार्फत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएपछी तरकारी तथा फलफूलसंगै विषादी खानुपर्ने उपभोक्ताको बाध्यता हटेको छ ।
हरि हुमागाईंं
२६ पुष २०७८, सोमबार १५:२१

चितवन । तरकारी र फलफूलको लाइनै सटर । व्यापारी देखि उपभोक्ता सम्मको घुइचो । थरीथरीका फलफूल र तरकारीका सटरनै पिच्छेका गोदाम । कुनै ट्रक तरकारी लिएर भित्रदै छन् त कुनै यस बजारबाट बाहिर निस्कदैछन् । बिहानको झिसमिसे साढे दुइ बजे देखि बिहान उज्यालो हुनजेल सम्म चितवनको नारायणगढ र भरतपुर बजार सुनसान हुन्छ तर, यहाँको तरकारी बजारमा ठुलै मेला लागेझै चहलपहल निकै हुने गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर–२ क्षेत्रपुरमा सञ्चालनमा रहेको महानगर तरकारी तथा फलफूल बजार भित्र पुगेपछी यस्तै दृस्य देख्न सकिन्छ । यही बजार भित्र कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रवर्धन विकास प्रालि चितवनले विषादी अवशेष द्रुत विश्लेषशण प्रयोगशाला स्थापना गरेर सञ्चालनमा ल्याएको दुइ वर्ष भयो ।

यस प्रयोगशालामा हरेक दिन कृषि ज्ञान केन्द्र चितवनका कृषि प्राविधिक स्वस्तिका ढकाल पुग्नुहुन्छ । बिहानको ३ बजे चितवन जिल्ला र बाहिर जिल्लाबाट यस बजारमा तरकारी तथा फलफूल विक्रीका लागि ल्याउने समयमै उहाँ तरकारीको नमुना उठाउन पुग्ने गर्नु भएको छ । हरेक स्टलमा आइपुगेको तरकारीको स्याम्पल उठाइसकेपछी विषादी अवशेष द्रुत विश्लेषशण प्रयोगशालामा लगेर जाच गर्दै आउनु भएको छ । प्रयोगशालामा उहाँले तरकारीमा सिमी, काउली, टमाटर, भिण्डी, मुला, केराउ, ब्रोकाउली, बन्दा लगायतका तरकारी र फलफूल परिक्षणका लागि ल्याबमा परिक्षणका लागि राखेको करिब डेढ घण्टामा त्यसको नतिजा आउँछ ।

परिक्षणपछी नजिता आएपछी मात्र आम उपभोक्ताहरुले खान योग्य भएमा मात्र बजारमा बिक्री गर्न पाउने कृषि प्राबिधिक ढकाल बताउनुहुन्छ । उहाँको दैनिकी यसैगरी बितेको छ । बिहानको झिसमिसेमा प्रयोगशालामा आइपुग्यो, स्याम्पल उठायो र खान योग्य तरकारी मात्र बजारमा बिक्री गर्नका लागि पठायो बल्ल उज्यालो भएपछी ल्याब बन्द गरेर घर निस्कने गर्नु भएको छ ।

तरकारीमा बिषादीको मात्रा ४५ प्रतिशत भएमा नष्ट, ३५ प्रतिशत भन्दा माथी भएमा क्वारिन्टीनमा

यस बजारमा बिक्रीका लागि ल्याएका तरकारी तथा फलफूल विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परिक्षण गर्दा तरकारीमा बिषादीको मात्रा ४५ प्रतिशत भएमा नष्ट गर्ने गरीएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे बताउनुहुन्छ ।

तरकारी जाँच गरिसकेपछी ३५ प्रतिशत भन्दा माथी तर ४५ प्रतिशत भन्दा कम मात्र बिषादीको मात्रा भएको पाइएमा केही दिन तरकारीलाई बिक्री गर्न बजारमा जान नदिइकन क्वारीन्टीनमा राख्ने र खान योग्य भएपछी मात्र बिक्री गर्न दिने गरेको उहाँ बताउनुहुन्छ ।

तरकारीमा ३५ प्रतिशत भन्दा तल भएमा बिक्रीका लागि बजारमा पठाउने गरिएको उहाँ बताउनुहुन्छ । ४५ प्रतिषत बिषादी भएको पाइएमा नष्ट गर्ने गरीएको छ । बिक्रीका लागि बजारमा लगिएको छ भनेपनि बजारबाट उठाएर फेरी नष्ट गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

चितवन र आसपासका जिल्लामा उत्पादन हुने तरकारी तथा फलफूल यस बजारमा आउने गरेका छन् । यहाँबाट काठमाण्डौं, हेटौंडा, धादिङ लगायतका जिल्लामा बिक्रीका लागि लगिने गरिएको छ । २०७६ साल पुस १ गतेबाट यहाँ तरकारी तथा फलफूलको बिषदी परिक्षण गर्न थालिएको हो ।

उपभोक्ताले तरकारीसंगै विष खानुपर्ने समस्या हट्यो

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा चाहिने ल्याब उपलब्ध गराएपछी तरकारी तथा फलफूलमा विषादी परिक्षण सुरु गरिएको हो ।

विषादी परिक्षण गरेपछी त्यसको रिपोर्ट आएपछी मात्र बिक्री गर्न पाइने भएकाले अहिले यस बजारबाट जाने तरकारी तथा फलफूल खाने गरेका उपभोक्ताहरुले यसमा प्रयोग गरिएको विष खानुपर्ने बषौं देखिको बाध्यता भने अहिले हटेको छ ।

तरकारी उत्पादन गर्ने किसानले आफ्नो उत्पादनमा बृद्धी गर्नका लागि बिषादीको प्रयोग गर्ने चलन छ । तर, तरकारीमा बिषादी बढी भए नभएको किसानलाई थाहै हुँदैन ।

यहाँ बिक्रीका लागि ल्याउने बित्तिकै परिक्षण गरिदा तरकारीमा विषको मात्र कती प्रतिशत छ भनेर तत्काल परिक्षण गरिने र त्यसपछी व्यापारीले बिक्री गर्ने हुँदा तरकारीसंगै विषादी खानुपर्ने बाध्यता हटेको चितवनका उपभोक्ताहरु वताउँछन् । यसरी परिक्षण गर्ने गर्दा बजारमा बिक्रीका लागि राखिएका राम्रो तरकारी देख्न् वित्तिकै बिषादी धेरै प्रयोग गरिएको छकी भनेर डराउनुपर्ने बाध्यता पनि हटेको उपभोक्ताहरु बताउँछन् ।

किसानका खेतबाट ल्याएका हरेक तरकारी प्रयोगशालामा परिक्षण गराउँछौ–ब्यावसायी

हरेक दिन किसानका खेतबारीबाट आएका जुनसुकै तरकारी विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परिक्षण गराएर मात्र बिक्री गर्ने गरिएको यहाँका ब्यापारीहरु बताउँछन् । यहाँ २ सय १४ वटा तरकारी तथा फलफूलका सटरहरु रहेका छन् ।

यहाँ नेपालका जुनसुकै स्थानबाट पनि तरकारी तथा फुलफूल ल्याउने वित्तिकै जाँच गरेर बजारमा बिक्री गर्ने गरिएको तरकारी तथा फलफूल व्यावसयाीसंघ भरतपुरका महासचिब जयराम पाण्डे बताउनुहुन्छ ।

परिक्षण गरेर बजारमा पठाउँदा आम उपभोक्ताहरुलाई तरकारीसंगै विषादी पनि खानुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । पहिले झण्झट जस्तो लागेपनि अहिले भने आफुकहाँ बिक्रीका लागि ल्याउने तरकारी बिषादीको परिक्षण गरेपछी मात्र पठाउन पाउँदा झन ढुक्क भएको यस बजारका अर्का ब्याबसायी राजेन्द्र थापा बताउनुहुन्छ ।

किन सुरु गरियो तरकारी तथा फलफूलमा बिषादीको परिक्षण ?

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विषादी अवशेष द्रुत विश्लेषशण प्रयोगशाला सञ्चालन गर्नका लागि ल्याब खरिद गरेको थियो । खरिद गरेका तीन वटा ल्याब मध्यमा चितवनमा एउटा प्रयोगमा ल्याउनका लागि लगिएको थियो ।

कृषि ज्ञान केन्द्र चितवनका तत्कालिन प्रमुख राजन ढकाल हुँदाको समयमा भरतपुर महानगरपालिकासंगको सहकार्यमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पहिले ढकाल आफै बिहानीको समयमा गएर तरकारीमा विषादीको परिक्षण पनि गर्नुहुन्थ्यो । तर, पछी कार्यालयको काम र बिहानीको समयमा तरिकारीको समेत परिक्षण गर्न नभ्याएपछी करारमा कृषि प्राबिधिक नियुक्त गरेर यो कामलाई निरन्तरता दिइएको हो ।

आम उपभोक्ताहरुलाई तरकारी खाँदा विषादी पनि खानु नपरोस भनेर यो प्रयोगशाला प्रयोगमा ल्याइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना महासाखाका प्रमुख तथा प्रवक्ता राजन ढकाल बताउनुहुन्छ ।

मन्त्रालयले मेसिन मात्र खरिद गरेको थियो । भरतपुर महानगरपालिकाले भवन निर्माण र केमीकलका लागि सहयोग गरेपछी विषादी अवशेष द्रुत विश्लेषशण प्रयोगशाला सञ्चालनमा ल्याइएको उहाँ बताउनुहुन्छ । यहाँबाट हरेक दिन परिक्षण गरिएको रिपोर्ट कृषि ज्ञान केन्द्र चितवनको वेवसाइटमा राखिन्छ । नमुना परिक्षणको रिपोर्ट सम्वन्धीत किसान र व्यापारीलाई समेत दिने गरिएको छ ।

चितवन तरकारी कारोबार हुने हब समेत भएकाले यसलाई प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो । आम उपभोक्ताहरुलाई तरकारीसंगै किन बिष पनि खुवाउने भनेरनै विषादी अवशेष द्रुत विश्लेषशण प्रयोगशाला प्रयोगमा ल्याइएको उहाँ बताउनुहुन्छ ।

तरकारी परिक्षण हुने भएपछी किसान सचेत

पहिले बिषादीको अत्यधिक प्रयोग गरेर बिक्रीका लागि बजार पठाउँदे आएका किसानहरु अहिले भने सचेत भएका छन् । यहाँ परिक्षण गरिन थालेपछी चितवन बिक्रीका लागि मकवानपुर, चितवन, दाङ, नुवाकोट, कपीलबस्तुका किसान सचेत भएका छन् ।

बिक्री गर्ने तरकारीमा बिषादीको प्रयोग अत्यन्त कम गर्नेगरेको व्यावसायीहरु बताउँछन् । पहिले बिषादीको मात्र तरकारीमा धेरै भएकै कारणले किसान र व्यापारीले नोक्सान बेहोर्नुपरेको भएपनि अहिले भने परेको छैन । कहिलेकाही मात्र बिषादीको मात्र धेरै भएकाले नष्ट गर्ने गरिएको यहाँका व्यापारीहरु बताउँछन् ।

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*