बिश्व धुम्रपान रहित दिवश हेटौंडामा मनाइयो

हेटौंडा । बिश्व धुम्रपान रहित दिवश आज हेटौंडामा ¥याली र सभा गरेर मनाइएको छ । ‘सुर्तिजन्य पदार्थ र फोक्सोको स्वास्थ्य’ भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । नेपाल अबरुद्ध रोग निवारण संस्था मकवानपुर, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि स्थानीय सरकार लाग्ने बताउनुभयो ।
पछील्लो समयमा चुरोट, सुर्ति खानेहरु भन्दा पनि पान पराग, गुड्खा खानेहरु निके बढेकाले यसलाई नियन्त्रण गर्न आफुहरु लागिपरेको मेयर महतले बताउनुभयो । हेटौंडाको पल्पसाहल अगाडीबाट सुरु भएको ¥याली हेटौंडा उपमहनागरपालिका कार्यालयको प्राङ्गनमा गएर सभामा परिणत भएको थियो । नेपाल अबरुद्ध रोग निवारण संस्था मकवानपुरका अध्यक्ष कपिला जोसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।