नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी
हेटौंडा । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित हुनु भएको छ । प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गर्नुभयो ।
अधिकारीले ५९२ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले ५६५ मत ल्याउनुभयो । यस्तै अध्यक्षमा उम्मेदवारी दिएर पछि श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यको पनि १९ मत आएको छ।
यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित हुनु भएको छ । दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गर्नु भएको हो । दाहालको ६४६ मत आएको छ भने उहाँका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ।
यसैगरी, उपध्यक्षमा विमला भट्ट विजयी हुनु भएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी रहेका सुदर्शन पौडेलले भन्दा २९२ मत बढी ल्याउनुभयो । भट्टको ७२७ मत आउँदा पौडेलले ४३५ मत आएको छ।
यस्तै, कोषाध्यक्षमा चेतराज पण्डित विजयी हुनु भएको छ । पण्डितको ६२२ मत आउँदा उनका प्रतिस्पर्धी डमरु पनेरुको ५०३ मत आएको छ। सचिवमा रोशन लामा ७१९ मत र सह–कोषाध्यक्ष उमादेवी थापाले ५८६ मतका साथ विजयी हुनु भएको छ । विजयी सदस्यहरुमा सुदिप चिलवाल, अञ्जना खड्का, प्रतिक खनाल, विन्जला श्रेष्ठ, विजेश बस्नेत, दयाकृष्ण पन्त, रामानन्द पण्डित, अम्बिका बानिया, रणधिर यादव निर्वाचित हुनु भएको छ ।