नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ

जनपत्र
२५ पुष २०७८, आईतवार १३:०८

हेटौंडा । नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीको ११ औं जिल्ला अधिवेशनमा एकालाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

आज विहान सम्पन्न अधिवेशनले एमाले मकवानपुर जिल्ला उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता बिष्टलाई सर्वसम्मत चयन गरेको हो । अरु पुराना र पाटीमा लगनशिल भएका आधारमा चयन गरिएको छ ।

आइतबार बिहान हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभएको थियो ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा शुक्रबार उद्घाटन गरिएको नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशनअन्तर्गत शनिबार बिहान हेटौंडा–४ स्थित होटल क्वीक २० मा निर्वाचनको प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको थियो । सहमतिका लागि भन्दै लामो समय निर्वाचन प्रक्रिया नै अवरुद्ध गर्दै शनिबार दिउँसो आइतबार बिहानसम्मका लागि भन्दै निर्वाचनको प्रक्रिया स्थगित गरिएको जानकारी गराइएको थियो ।

जिल्लाको थाहा नगरपालिका,बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी,राक्सिराङ, र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौंडा उपमहानगरलिका, जनजाती, मुस्लिम र अल्पसंख्यक महिला,मजदुर तर्फ गरेर ४७ जना जिल्ला सदस्य शनिबार नै निर्विरोध निर्वाचित भइसकेका थिए । अन्य सदस्य पनि निर्विरोध भएका छन् ।

११‌औं जिल्ला अधिवेशनबाट निर्वाचितहरुकाे नामावली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*