झापामा कालो कपडाले मुख छोपेर बलात्कार प्रयास, औंला टोकेर फुत्किन सफल भइन् महिला

जनपत्र
२५ पुष २०७८, आईतवार ०८:३२

झापामा एक महिला बलात्कार हुनबाट बच्न सफल भएकी छन्। झापाको शिवसताक्षी नगरपालिका–९ दुधेकी मजदुर महिला बलात्कारीको हातमा परेर पनि फुत्केकी हुन्।

घटना विवरणअनुसार शुक्रबार साँझ ती महिला घर बनाउने काम गरेर फर्किंदै थिइन्। कालो कपडाले मुख छोपेर साइकलमा आएका अपरिचित पुरुषले समाते र लडाएर बलात्कार गर्ने प्रयास गरे।

तर आफू उनको औंला टोकेर फुत्कन सफल भएको पीडितले बताएकी छन्। औंला टोकिदिएपछि आफ्नो मुखबाट उसको हात छुटेको र हारगुहार गरेर चिच्याएछि ती अज्ञात व्यक्ति साइकलै छाडेर फरार भएका हुन्। पीडित महिला विवाहित हुन्। दुई वर्षअघि बिहे गरेकी उनको एक सन्तान पनि छ तर हाल उनी माइत बसेकी छन्।

पीडितका बुबाले छोरीलाई आक्रमण भएको घटनाबारे झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा जानकारी गराएका छन्। प्रहरीले ती व्यक्तिको खोजी गरिने आश्वासन दिएको पीडित परिवारले जनाएको छ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*