ट्याक्सीलाई पोस्दै बागमती सरकार, भाडा बृद्धी

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले यात्रुलाई मार पार्ने र ट्याक्सीलाई पोस्नेगरी भाडा बृद्धी गरेको छ । अब अब न्यूनतम ६० रुपैयाँ कायम गरेको छ ।
जनपत्र
२५ पुष २०७८, आईतवार ०८:१४

हेटौंडा । ट्याक्सी ब्यावसायीहरुको मागका आधारमा बागमती प्रदेश सरकारले भाडामा बृद्धी गरेको छ । ट्याक्सीलाई ब्यावसायीलाई पोस्नेगरी बागमती प्रदेश सरकारले भाडा बृद्धी गरेको हो । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले यात्रुलाई मार पार्ने र ट्याक्सीलाई पोस्नेगरी भाडा बृद्धी गरेको हो । अब अब न्यूनतम ६० रुपैयाँ कायम गरेको छ । भाडा बृद्धी गरेपछी यात्रुहरु भने समस्यामा परेका छन् । सधै यात्रुलाई ठगि गर्ने आरोप खेप्दै आएका काठमाण्डौका ट्याक्सी ब्यावसायीलाई फाइदा पुग्नेगरी भाडामा बृद्धी गरिएको हो ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सीभाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सीभाडा बढाएको हो ।

उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा ट्याक्सीको न्युनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडादरमा उल्लेख छ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।

उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।

हेर्नुहोस् सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*