यूएईमा अब हप्ताको दुई दिन सार्वजनिक बिदा

जनपत्र
२३ पुष २०७८, शुक्रबार १५:४०

unn.prixa.net

काठमाण्डौ – यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ ।

२०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको  गल्फ न्युजले खबर लेखेको छ ।

अब यूएईमा हप्तामा चार दिन पूरा र एक दिन आधा कार्य समय हुनेछ । सन् २०२२ को सुरुवातसँगै यूएईका सरकारी कार्यालय र स्कुलहरूमा यो नियम लागू भइसकेको छ  । तर यूएईको सारजहाँ राज्यले भने शुक्रबार पनि पूरा दिन नै बिदा दिने निर्णय गरेको छ । सारजहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुने छ ।

अन्य राज्यमा भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटमा कार्य समय सुरु हुने छ भने दिउँसो १२ बजे सकिने छ ।

यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिई शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन् ।  कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन् ।

यूएई सरकारले यसबाट श्रमिकलाई राम्रो कार्य जीवन दिने र उत्पादकत्व बढाउने विश्वास लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*