राष्ट्रिय सभा चुनावकाे परिणाम हाम्राे प्रतिकूल आउन सक्छ : अध्यक्ष ओली

जनपत्र
२३ पुष २०७८, शुक्रबार १४:४८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूको प्रतिकूल आउनसक्ने बताउनुभएको छ ।

आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा चुनावमा आफूहरूका लागि प्रतिकूल परिणाम आए पनि विपक्षीहरूले एमालेमाथि गर्न सक्ने अन्तिम प्रहार भएको दाबी गर्नुभयो । त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते चुनाव हुँदैछ । राष्ट्रिय सभा चुनावपछि हुने चुनावमा एमाले बलियो हुने अध्यक्ष ओलीको दाबी छ । एमालेसँग नागरिकको साथ रहेकाले आउने चुनावमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने उहाँले बताउनुभयो ।

पार्टीको भर्खरै सम्पन्न १० औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको अध्यक्ष ओलीकाे भनाइ छ ।

एमालेले ७७ वटै जिल्लामा एकसाथ अधिवेशन गर्ने बताए पनि प्रदेश २ का सात सहित १४ जिल्लामा आज अधिवेशन सुरु भएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*