राष्ट्रिय सभा बैठक पुस २७ गते

जनपत्र
२३ पुष २०७८, शुक्रबार १४:३५

काठमाण्डाै – यही पुस २५ गते आइतवार दिउँसाे १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलवार दिउँसाे १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले याे बैठक निर्धारण गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*