पूर्वराजा ज्ञानेन्द्रप्रति कटाक्ष गर्दै कमल थापाले भने- म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन

जनपत्र
२३ पुष २०७८, शुक्रबार ०८:००

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पुनः कटाक्ष गरेका छन्। आफूलाई पार्टी अध्यक्षमा पराजित गर्न निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र) नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापाले ज्ञानेन्द्र शाह राजनीतिभन्दा माथि बस्न नचाहेको आरोप लगाएका छन्।

‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्। हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
https://www.facebook.com/KamalThapaOfficial/posts/457751699049072

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*