प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । प्रदेश नम्बर –३ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज प्रदेश सभामा बहुमतले पारीत भएको छ । प्रदेश सभामा यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोईराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारीत भएको हो ।
नीति तथा कार्यक्रम माथीको छलफलमा हिजो र आज सांसदहरुले भाग लिएका थिए । छलफलमा भागिलिने संत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताएपनि प्रतिपक्ष लगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखी नारैनारा मात्र आएका बताएका थिए ।
६० जना भन्दा बडी प्रदेशभाका सदस्यहरुले नीति तथा कार्यक्रममा भाग लिइसकेपछी आज बहुमतले पारित गरिएको हो । प्रतिपक्षी दल नेपाली काग्रेश, बिबेकसिल नेपाली दल, रानप्रपा, राप्रपा प्रजातान्त्रीक लगायतका दलले नीति तथा कार्यक्रम माथी संसोधन प्रस्ताब राखेका थिए । तर, त्यो संसोधन प्रस्ताबमाथी मुख्यमन्त्री पौडेलले स्पष्ट कार्यनयन गर्ने जवाफ नदिएको भन्दै प्रस्ताब फिर्ता नलिएपछी सभामुख श्रेष्ठले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।