राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनलाई जिताउन पहल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय

काठमाण्डाै – सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पहल गर्ने भएको छ ।
बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको छ ।
राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धनले सात वटै प्रदेशमा समन्वय समिति गठन गरेको छ ।
चुनाव आउँदो माघ १२ गते हुँदैछ । चुनाव अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।
भोलि बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, पर्सि उम्मेदवारले नाम फिर्ता लिने र आउँदो आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य चुनावका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।