न्याय गरेर पशु पालन गर्न आग्रह

जनपत्र
२० पुष २०७८, मंगलवार १९:२६

मकवानपुर/कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिब डाक्टर शरण कुमार पाण्डेले किसानको व्यवसायीतालाई हेरेर वर्गीकरण गर्ने योजनामा मन्त्रालयले तयारी थालेको बताएका छन् ।

किसानको कामलाई प्रोत्सहन गर्ने योजनाहरु आफूहरुले ल्याउन लागेको र किसानको योगदान, उनीहरुको लगावलाई मध्यजनर गर्दै वर्गीकरण गर्न लागिएको उनले बताए । ‘अब किसानलाई व्यवसायिकताको लागि लाईसन्सको अनिवार्य गर्दैछौं, लाइसन्सको लागि निर्देशित मापदण्ड पालना भएकै हुनु पर्छ, मापदण्ड लागु हुने भएपछी पशु पंन्छिलाई पनि न्याय गरेर पालिनु अनिवर्या हुन्छ’ सचिव पाण्डेले भने ।

स्नेहाज केयरको आयोजनामा हेटौंडामा मंगलबार भएको प्रदेश स्तरीय कार्यशालामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा स्नेहाज केयरका बोर्ड सदस्य रुपक कोइरालाले पशु अधिकारको सवालमा न्युनतम मापदण्ड लागु हुनुपर्ने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

हाल व्यवसायिक पशु पालक किसानहरुले दानाको व्यवस्थापन, खोरको व्यवस्थापन जस्ता सवालमा मापदण्ड ख्याल नगर्ने गरिएको, वृद्ध जनावरलाई सडकमा छोड्ने गरेको, बाच्छा बाच्छी,पाडापाडीको खोर व्यवस्थापन राम्रोसँग नगर्ने गरिएको अनुगमनको क्रममा पाइएको काइरालाले बताए ।

कार्यक्रममा पशुपालन गर्दा पशुहरुलाई विपत्तिमा भाग्नको लागि सहज हुने गरी ढोकाको व्यवस्थापन गर्नुपर्ने, दाम्लोले नबाधिकन पाल्ने बानिको विकास गर्नुपर्ने, लोड अनलोड ल्याबको व्यवस्थापन हुनु पर्ने, समयमै स्वास्थ्योपचार, नियमित खाद्य, पानीसँगै अन्य पौष्टिक आहारमा ध्यान दिनु पर्ने बारे सहभागीहरुले औल्याएका थिए ।

प्रदेश दुग्ध बिकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिका बल्लब सापकोटा, सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर रामप्रकास प्रधान, भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा सुशिल केसी, पशु विकास अधिकृत ध्रब डिसीलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*