सँगै गाेठालाे गएका साथीबीच झगडा हुँदा एक जनाकाे ज्यान गयाे
रुकुम पूर्व – रुकुम पूर्वमा सँगै गाई चराउन जङ्गल गएका एक बालकको ज्यान गएकाे छ । दुई जना साथीबीच झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको ज्यान गएको हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालककाे नाै वर्षका साथीसँग झगडा भएकाे थियाे । झगडा हुँदा नाै वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई आफन्तले सोमवार बेलुका रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्याएलगत्तै डाक्टरले ती बालकलाई मृत घोषणा गरेका हुन् ।
कुटपिट गरेर भिरबाट खसाल्ने नाै वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।