हेटौंडामा १५ दिने वातावरण मैत्री कपडाको झोला वनाउने तालिमको समापन

जनपत्र
२० पुष २०७८, मंगलवार ०८:००

हेटौंडा । १५ दिने वातावरण मैत्री कपडाको झोला वनाउने तालिमको हेटौंडा–६ वडा कार्यालय परिषरमा समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजनामा १५ दिन सम्म तालिम दिइएको हो ।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नका लागि आग्रह गर्नुभयो ।

प्लाष्टिकका झोलाका कारण हेटौंडामा प्रदुषण बढ्दै गएको समयमा वातावरण मैत्री कपडाको झोला बनाउने तालिम प्रभावकारी हुने मेयर महतको भनाई छ । कपडाको झोला वनाउने व्यावसाय सञ्चालन गर्नका लागि स्थानीय सरकारले पनि प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । तालिममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*