हेटौंडाको माछाप्लानबाट माछा चोरी

जनपत्र
२० पुष २०७८, मंगलवार ०७:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाँडामा रहेको प्राकृतिक जलाशय मत्स्यक प्रबर्दन एबम संरक्षण केन्द्रबाट आज बिहानको झिसमिसेमा माछा चोरी भएको छ । स्थानीय प्रतक्षदशीका अनुसार केन्द्रको पोखरीबाट माछा चोरी भएको हो । माछा पोखरी पूर्ण रुपमा व्यवस्थित नहुँदा अरु समयमा माछा चोरी हुने गरेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

पोखरी सुकाउँदाको समयमा सबै भन्दा धेरै माछा चोरी हुने गरेको पाइएको छ । आज बिहान पनि कान्तिराजपथ छेउको माछा पोखरी सुकाएर अर्को पोखरीमा माछाका भुरा सार्दा त्यहाँबाट बिहान ४ बजे माछा चोरी भएको स्थानीयले बताएका हुन् । यता केन्द्रका प्रमुख सरोज यादबले साना खालका जंगली माछा छोडिदिएको र स्थानीयहरुले लिएर गएको बताउनुभयो ।

अरु माछाका भुरा सार्ने क्रममा साढे दुइसय ग्राम भन्दा कम तौलका माछाहरु बिक्री गर्न नमिल्ने भएकाले स्थानीय लेगेको तर त्यसलाई चोरी भएको भन्न नमिल्ने उहाँले बताउनुभयो । केन्द्रको ४४ वटा पोखरी मध्यमा ३३ वटामा माछा पालनको काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*