हेटौंडा–६ मा बृद्धाआश्रमको भवन निर्माण सुरु
हेटौंडा । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल इकाइ गौरीटार बृद्धाआश्रम निर्माणको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा निर्माण सुरु गरिएको बृद्धाआश्रम भवनको मेयर हरि बहादुर मतले शिलान्यास गर्नुभयो । दुइतले भवन निर्माणको काम सुरु भएको हो ।
स्थानीय बृद्धाहरुको सहयोगमा जग्गा उपलब्ध गराइएको र अहिले उपमहानगरपालिकाको सहयोगमा भवन निर्माण गर्न लागिएको मेयर महतले बताउनुभयो । कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।