मोरिसससँगको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी बन्द प्रशिक्षणमा

जनपत्र
१९ पुष २०७८, सोमबार १७:०२

काठमाण्डाै – मोरिसससँग हुने दुई वटा मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

यही जनवरी २९ र फेब्रुअरी १ तारिखमा दशरथ रङ्गशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको छलफलपछि एन्फाले ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षणमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन र दिनेश राजवंशी परेका छन् ।

यस्तै गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुँजु, मनिष डाँगी, नवीन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशील राई र तेज तामाङ पनि बन्द प्रशिक्षणमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*