भीम रावलको प्रश्न : देउवाले परराष्ट्र मामिला श्रीमतीलाई जिम्मा लगाएका हुन्?

जनपत्र
१९ पुष २०७८, सोमबार ०६:२०

निजी भ्रमणमा भारत गएकी भनिएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले राजनीतिक भेटघाट तीव्र बनाएपछि अनेक प्रश्न उठेका छन्। यही पुस २५ मा देउवा भारत जानुअघि भएको आरजुको यो भ्रमणले नेपालको कुटनीतिक क्षेत्रमा विभिन्न प्रश्न उठाएको छ।

साधरणतया प्रधानमन्त्री विदेश निस्कुन पहिले परराष्ट्र मन्त्री या परराष्ट्र मन्त्रालयका अधिकारीले तयारी भ्रमण जाने कूटनीतिक परम्परा छ। तर देउवाले निजी कामका लागि भन्दै दिल्ली पठाएपछि आरजुले त्यहाँस्थित भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितलाई भेटिसकेकी छन्।

निजी भ्रमणमा गएकी प्रधानमन्त्री पत्नीको राजनीतिक भेटघाटलाई लिएर एमाले नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले चौथाइवालेसँग आरजुको भेटलाई देशको परराष्ट्र मामिलामा हस्तक्षेप भनेका छन्। ुश्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयोु, उनले भनेका छन्, ‘के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो?’

नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*