समाचार लेखेकै आधारमा प्रेश युनियनले कार्बाही गरेकोमा बन्जराको आपत्ति

जनपत्र
१८ पुष २०७८, आईतवार १८:१५

हेटौँडा । मकवानपुरका सञ्चारकर्मी इन्द्रप्रसाद बञ्जरा ‘रमेश’ले समाचार लेखेकै आधारमा आफुलाई केही व्यक्तिको लहडमा आफुलाई अबैधानिक ढंगबाट कार्बाही गरेकोमा आपत्ति जनाएका छन् । निस्पक्ष रुपमा समाचार लेख्दा कुनै व्यक्तिलाई नोक्सानी पर्दा आफुलाई प्रेस युनियनको साधरण सदस्यबाट समेत निकाल्ने प्रयास भएको बताए ।

नेपाली काग्रेशको चुनाबका बेलामा लेखेको समाचार र मकवानपुरगढीको शिखरकटेरीमा ओभरलोड बोक्ने टिफरलाई कार्बाही गरेको विषयमा काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँलाई नोक्सानी परेकाले आफुलाई साधारण सदस्य समेतबाट निस्काशन गरिएको बन्जराले बताए ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बञ्जराले मकवानपुर कांग्रेसका सभापति इन्द्र बहादुर बाँनीयाको विषयमा समाचार लेखेकै भरमा आफुलाई केन्द्रीय समितिले विधान विपरित कारबाहिको हल्ला गरेको र जिल्ला समितिलाई पत्रचार गरेको बताए ।
संगठनमा गल्ती गर्दा स्पष्टीकरण सोध्ने, सचेत गराउने प्रक्रिया हुँदा हुँदै आफुलाई एकैपटक साधरण सदस्यबाट समेत हटाइएकोमा आपत्ति जनाउनुभयो ।

आफुले २०७८ साल जेठ ६ गते राजीनामा दिएको भएपनि मकवानपुरका केहि प्रेस युनियनको नेतृत्व तथा नेपाली कांग्रेसको तर्फबाट कारबाहीको माग गरिएको भन्दै उनले पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष तथा जिल्ला अध्यक्षकै सहभागितामा भएको बैठकले एउटा श्रमजिवि पत्रकारलाई कारबाहीको सिफारिस गर्नु दुखद भएको बताए ।

एउटा साधरण सदस्यलाई कारबाही गर्नको लागि केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्ने प्रेस युनियनको विधानमा ब्यवस्था भएको भएपनि केन्द्रीय अध्यक्ष बद्री सिग्देलले अबैधानिक काम गरेको उनको भनाई रहेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संगठन युनियनमा रहेर संगठनको मूल सिद्धान्त, आदर्श र हितविपरीत बारम्बार काम गरेकाले बन्जरामाथि कारबाही गरिएको युनियन मकवानपुरका सचिव केशव समर्पणले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पटकपटक सचेत गराउँदा अटेर गरेको हुँदा नेपाल प्रेस युनियन मकवानपुरको जिल्ला कार्यसमितिको बैठकले बन्जरालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको लागि केन्द्रीय समितिमा सर्वसम्मत सिफारिस गरेकोमा केन्द्रीय समितिले कारबाहीको सिफारिस सदर गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*