सामुदायिक वनका अधिकार तीन तहका सरकारले खोस्न खाजे–अध्यक्ष पाठक
हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनका अधिकार तीन तहका सरकारले खोस्न खाजको आरोप लगाउनु भएको छ । तीन तहका सरकारले आफ्नै कानून बनाउदा जनताका अधिकार खोस्न खोजेको आरोप लगाएकि छिन् । पाठकले जनताले संरक्षण गरेको सामुदायिक वनको प्रयोग गर्ने अधिकार अत्याधिक मात्रामा डिभिजन वन अधिकृत (डिएफओ) लाई दिन सरकारले नियमावली ल्याउने तयारी गरेको बताएकि छिन् ।
आज हेटौँडाको न्यूज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाठकले जनतालाई लास जलाउने समेत काठ माग्न डिएफओ या वार्डन समक्ष पुग्नुपर्नेगरि जनताको अधिकार खोस्न खोजिएको बताईन् ।
पत्रकार सम्मेलमा बोल्दै पाठकले भनिन् ‘गरिव विपन्नलाई आन्तरिक खपतमा समेत प्रतिवन्ध लगाएर सरकारले सरकारी कर्मचारीलाई मात्र सहज हुने खालको नियमावली ल्याउन खोजेको छ, यो सरासर गलत छ ।’
सरकारले ल्याउन खोजेको नियमावलीमा १८ वटा उपसमिति निर्माण गरेर वन क्षेत्रको श्रोत साधन दोहन गर्न खोजेको भन्दै उनले सरकारलाई उक्त नियमावली खारेज गर्नको लागि अनुरोध गरिन् ।
‘सरकारले एउटा सुत्केरीलाई एक भारी दाउरा ल्याउन नमिल्ने, एउटा किसानलाई एउटा हलो किन्नको लागि काठ दिन नमिल्ने ब्यवस्था ल्याउन खोजेको छ ।’ उनले भनिन् । सरकारले ल्याउन लागेको यस्ताखाले नियमावलीको अब आन्दोलन मार्फत विरोध गरिने उनले बताईन् ।