हेटौंडामा २०६ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा

सडक पूर्वाधार तर्फ ५६ वटा र अन्य १८ वटा योजना सम्पन्न भएका छन् । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदानको २९ वटा आयोजनाहरु मध्ये १६ वटा सम्झौता भई ८ वटा सम्पन्न भई सकेका छन् ।
जनपत्र
१८ पुष २०७८, आईतवार १०:२६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा पूर्वाधार क्षेत्र तर्फको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमहरु मध्ये २०६ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएका छन। सडक पूर्वाधार तर्फ ५६ वटा र अन्य १८ वटा योजना सम्पन्न भईसकेको र संझौता भएका धेरै योजना सकिने चरणमा पुगेको मेयर हरि बहादुर महतले बताउनुभयो । उपमहानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षको साउन महिना देखि मंसिर महिना सम्ममा सडक तर्फ ८ किलोमिटर स्ल्याव ढलान निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

अहिले संझौता रहेका १ सय ३२ वटा योजना चालु अवस्थामा रहेको छ । र धेरै सकिएर भुक्तानीको चरणमा समेत रहेका छन् । यस उपमहानगरपालिकाको गौरवका आयोजनाहरुको रुपमा रहेका हेटौंडा वडा नंम्ब ४, ५ र ८ को मध्य भागमा रहेको कर्रा कोरीडोर निर्माणको दोश्रो चरणको कार्य अघि बढाइएको छ । अहिले यस क्षेत्रको काम धमाधम भइरहेको मेयर महतले बताउनुभयो । यसैगरी हेटौंडा–१० मा रहेको एकिकृत बस टर्मिनल निर्माणको कार्य चालु अवस्थामा रहेको र कार्य प्रगति ४० प्रतिशत भन्दा बढी भई सकेको उहाँले बताउनुभयो । यसैगरी वडा नंम्बर–८ मा चन्द्रोदय माबिको चौरमा प्यारापिट निर्माण कार्य चालु अवस्थामा रहेको छ।

जिल्ला समन्वय समिति मकवानपुर र हेटौडा खानेपानी व्यवस्थापन वोर्डसंगको समन्वय एवम् सहभागितामा हेटौंडा–१४ स्थित बनेलधाप कालोपानी खानेपानी योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारको कार्यक्रम अन्तरगत २ वटा स्वीकृत आयोजनाहरु मध्ये दुवै आयोजनाहरुको ठेक्का प्रक्रियाद्धारा निर्माण कार्य गर्न निर्माण व्यवसायी छनौट भई सम्झौताको अन्तिम चरणमा रहेको छ ।

यसैगरी प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदानको २९ वटा आयोजनाहरु मध्ये १६ वटा सम्झौता भई ८ वटा सम्पन्न भई सकेको र १३ वटा सम्झौताको अन्तिम चरणमा रहेको मेयर महतले बताउनुभयो । सबै वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गर्ने लक्ष्य अनुरुप वडा नम्बर–१४ मा वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको र १२ नम्बर वडाको कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ७ नम्बर वडाको कार्यालय भवन निर्माण कार्यको सम्झौता भई निर्माण कार्य अगाडी बढाइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*