प्रदेशहरुबीच राष्ट्रिय एकताको खाँचो छ : प्रधानमन्त्री देउवा
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देश संघीयतामा गइसकेकाले प्रदेशहरुबीच राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता रहेको बताएका छन् ।
सुन्दरीजलमा रहेको वीपी सङ्ग्राहलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘ देश संघीयतामा गइसकेको छ । सात वटा प्रदेशहरु छन्। तर ती प्रदेशहरुबीच पनि राष्ट्रिय एकताको जरुरी छ। ‘
उनले अहिले वर्तमान अवस्थामा राष्ट्रिय एकता कायम गर्दै सबैको अधिकार सुरक्षित गर्नु पर्ने बताए । उनले भने, ‘संघीयतामा गएको नेपाललाई जोड्ने हो। अझ बलियो बनाउने हो। राष्ट्रिय एकता कायम गर्दै सबै अधिकार सुरक्षित गर्ने हो।’
प्रधानमन्त्री देउवाले सुन्दरीजलमा रहेको वीपीको प्रतिमामा माल्यार्पण गरेका थिए ।